हास्न खोज्दैछ लाप्रक्
25-May-2015

काठमाडौ, जेष्ठ १० - गोरखाको बारपाकलाई केन्द्र बनाएर बैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको भूकम्पले छिमेकी गाउँ लाप्राकलाई पनि ध्वस्त बनाएको छ । लाप्राकमा रहेको ४ सय बढी घरहरु भूकम्पले पूर्णरुपमा भत्किएका छन् । लाप्राकबासी अहिले आफ्नो गाउँभन्दा केही वरको खुला स्थानमा त्रिपालको भरमा रात बिताइरहेका छन् ।

बारपाकबाट डेढ घण्टाको यात्रापछि लाप्राकबासी अस्थायीरुपमा बसोबास गरिरहेको स्थानमा पुगिन्छ । उनीहरुको भत्किएको गाउँ पुग्न त्यहाँबाट थप डेढघण्टाको यात्रा छिचोल्नुपर्ने हुन्छ । उनीहरुको गाउँका जमिनमा धाँजा फाटेकाले फेरि वस्ती बसाल्नै नसकिने अवस्था छ । राज्यले राहत र उद्दार बारपाकमा मात्रै केन्द्रित गरेको लाप्राकबासीको गुनासो छ ।

 शब्द/तस्विर : प्रकाश तिमिल्सेना/ईकान्तिपुर

Related Images