जंगलमा लगेर तीन बालिकामाथि करणी
5-April-2016

धनुषा-मिथिला नगरपालिका–९ माझिटोल बस्ने ६ वर्षीया, ७ वर्षीया र ८ वर्षीया ३ बालिकालाई नजिककैको जंगलमा लगि जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १७ वर्षीय मानबहादुर माझीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

करणीमा संलग्न अर्का एक राजेश माझी फरार रहेकोले प्रहरीले उनको खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिररहेको छ।

Events
Random Picks