किन आँसु थाम्न सकिनन् मिस नेपाल अस्मिले ?
9-April-2016

काठमाडौंः १८ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल २०१६ को ताज पहिरिँदा अस्मि श्रेष्ठले शुक्रबार बेलुकी खुसीको आँसु थाम्न सकिनन् । 

 

मिस नेपालको उपाधिसँगै काठमाडौं निवासी २२ वर्षीया अस्मिले मिस वल्र्ड २०१६ मा नेपालको प्रतिनिधित्व गर्ने बाटो पनि खोलेकी छन् । उनले मिस इन्टेलेक्चुअल, मिस फोटोजेनिक र बेस्ट इभनिङ गाउन उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल भइन् ।

 

काठमाडौंको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा सम्पन्न प्रतियोगितामा ललितपुरकी २० वर्षीया रोशनी खत्री मिस नेपाल अर्थ र काठमाडौंकी २२ वर्षीया वर्षा लेखी मिस नेपाल इन्टरनेसनल घोषित भए । 

 

त्यसैगरी प्रतियोगितामा प्रतिभा दवाडी ब्युटी विथ पर्पज, सिर्जना रेग्मी मिस ट्यालेन्ट, रोशनी खत्री मिस पर्सनालिटी र मिस कन्फडेन्ट, प्रेरणा अधिकारी मिस ब्युटिफुल स्किन र मिस स्कलर, आस्मा केसी मिस एथलेटिक्स र मिस फ्यासिनो, आयुश्मा श्रेष्ठ मिस पपुलर च्वाइस, अंशु केसी मिस फ्रेन्डसिप घोषित भए ।

 

रचना शर्मा गुरुङको कोरियोग्राफीमा भएको मिस नेपालको यो २१ औं संस्करण हो ।

 

फेन्टाको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा राजेन्द्र थापा, जीवन लुइँटेल, इन्दिरा जोशी, नवीना लामा, लक्ष्मण हुमागाईं, बबिता बस्नेत, अस्मि राणा, गंगाजंग थापा, सचिन श्रेष्ठ, संगीता श्रेष्ठ, स्नेहलक्ष्मी राणासम्मिलित निर्णायक मण्डल थियो । 

 

कार्यक्रममा काठमाडौं ज्याज कजरभेटरी र गायक रोहितजंग क्षेत्रीको सांगीतिक प्रस्तुतिले उपस्थित दर्शकलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।

- See more at: http://annapurnapost.com/News.aspx/story/46996#sthash.8fHhknQz.dpuf

Write a Comment

Events
Random Picks