लाजिम्पाटमा कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
25-April-2016

 

काठमाडौं— तीब्र गतिमा गुडिरहेको कारले मोटरसाइकललाई ठक्कर दिँदा गएराति लाजिम्पाटमा एक जनाको मृत्यु भएको छ। बा १२ च ६४४३ नम्बरको कारले बा ३४ प १६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २० वर्षीय सुमन श्रेष्ठको मृत्यु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

nepalipatro-nagarik

मृत्यु हुने श्रेष्ठ सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुन्। कारको ठक्करबाट घाइते भएका उनलाई तत्काल वीर अस्पताल पुर्यानइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार सुसन गुरुङ गम्भीर घाइते भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

ठक्कर दिने कार तथा चालकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

- See more at: http://nagariknews.com/society/story/68257.html#sthash.nEN0q9Ym.dpuf

Write a Comment

Events
Random Picks