चितवनमा विद्यालय हिँडेका तीन विद्यार्थी बेपत्ता, खोजीकार्य जारी
2-May-2016

चितवन, वैशाख २० / घरबाट विद्यालय जान हिँडेका तीन जना विद्यार्थी हराएका छन् ।  चितवनको पूर्वी क्षेत्रमा रहेको सिद्धिविनायक माध्यामिक विद्यालयमा अध्ययनरत तीन जना विद्यार्थी गएको शुक्रबारदेखि बेपत्ता भएका हुन ।

शुक्रबार बिहान विद्यालय जानका लागि ड्रेस लगाएर हिँडेका बालक हराएपछि परिवार चिन्तामा छन् ।  कालिका नगरपालिका– ६ का अश्विन धमला, थोमस लामिछाने र कालिका–८ का राजु गुरुङ्ग बेपत्ता भएको परिवारले बताएका छन् । हराएका तीनै जना कक्षा ८ मा अध्ययनरत हुन् । उनीहरु तीनै जना १४ वर्षका हुन् ।

विद्यालय जान घरबाट हिँडेका र खोलेसिमल बजारबाट बेपत्ता भएको थोमस लामिछानेको बुवा विवेक लामिछानेले जानकारी दिनुभयो । उनीहरुको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।

Events
Random Picks