नेपाली बालिका बलात्कार गर्ने भारतीय सांसदले घुँडा टेके
5-May-2016

काठमाण्डु, २४ वैशाख– नेपालकी १६ वर्षीय युवतीलाई बलात्कार गरेको अभियोग लागेका भारतका एक सांसदले त्यँहाको प्रहरीसमक्ष आत्मासमर्पण गरेका छन् । भारतीय राज्य गोआका स्वतन्त्र सांसद बबुस मोनसेरटलाई नेपाली युवती तस्करी गरी बलत्कार गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोनसेरट यसअघि कांग्रेसबाट बर्खास्त भएका सांसद हुन् । प्रहरीसँगको कुराकानीका ती नेपाली युवतीले आफ्नी सौतेनी आमा र एक अर्की महिलाले मोनसेरटलाई बेचेको र ती सांसदले केहि साताअघि आफूलाई एक महलमा लगेर बलात्कार गरेको आरोप लगाएकी थिइन् । ‘म बिहान ब्युँझिदा रक्ताम्य थिएँ ।

शरीरमा कुनै कपडा थिएनन् । ती सभासद् मेरो नजिकै नग्न अवस्थामा थिए’, नेपाली युवतीले आफूलाई बलात्कार गरेको सम्बन्धमा प्रहरीसँग भनेकी छन् । ती नेपाली युवती अहिले भारत सरकारद्वारा सञ्चालित बालीका संरक्षण केन्द्रमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । युवती बेच्ने उनकी सौतेनी आमालाई पनि प्रहरीले खोजिरहेको भारतीय टेलिभिजन च्यानल एनडिटिभीको अनलाइन संस्करणमा उल्लेख छ । ती स्वतन्त्र सभासद्ले आफूमाथिको आरोप सत्य नरहेको दाबी गरेका छन् । भारतमा नेपाली युवती बलात्कृत हुने क्रम बढ्दो छ । गत बर्ष साउदी अरेबियाका एक कुटनीतिज्ञले नयाँदिल्लीमै नेपालका युवती बलात्कार गरेको पाइएपछि भारतले उनलाई देशनिकाला गरेको थियो । अन्नपूर्ण पोस्टबाट

Write a Comment