‘शैक्षिक परामर्शका नाममा मानव तस्करी’
7-May-2016

वैशाख २५ काठमाडौं–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन माग गरिएको छ ।

बैठकमा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेकाले त्यसलाई तत्काल रोक्न अनुरोध गरे ।

‘यहाँ पढ्ने विद्यार्थीको भिसालगायतमा समस्या छैन, तर पढ्ने नाउँमा भटाभट कामदारमा पठाउने काम भइरहेको छ। यसले समस्या ल्याएको छ, सरकारले कुन मुलुकमा पढ्न पठाउन उपयुक्त छ वा छैन भनेर यकिन गरिदिने हो भने समस्या समाधान हुन्छ,’ न्यौपानेले भने ।

उनले परामर्श केन्द्रको परामर्श विद्यार्थीका नाममा कामदार पठाउनका लागि रहेको भन्दै यस्ता विकृति रोक्न सरकारले छुट्टै ऐन बनाउनु पर्नेमा जोड दिएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Events
Random Picks