मिर्गौैला रोगीलाई खुसीको खबरः अब जीवनभर निःशुल्क डायलसिस
12-May-2016

काठमाण्डु, ३१ वैशाख– सरकारले मिर्गौलाका विपन्न बिरामीलाई आजीवन निःशुल्क डायलसिस सेवा दिने निर्णय गरेको छ । सरकारले यसअघि सातामा दुई पटकका दरले दुई वर्षसम्म डायलसिस सेवा निःशुल्क दिँदै आएको थियो । अब मिर्गौला रोगीलाई आजीवन निःशुल्क डायलसिस सेवा दिने निर्णय मन्त्रिपरिषद्ले बिहीबार गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले बताए ।

छोटो समयको निःशुल्क सेवाले आफूलाई बाँच्न कठिन भएको र पैसा अभावमा प्रत्यारोपण पनि गर्न नसकिएको भन्दै बिरामी लामो समयदेखि संघर्षमा थिए । अन्नपूर्ण पोस्टबाट

Write a Comment

Events
Random Picks