भोलिदेखि ट्राफिक जरिवाना बढ्ने, पुराना जरिवाना आजसम्म नतिरे भोलिदेखि नयाँ शुल्क
13-May-2016

काठमाडौं, वैशाख ३१ । ट्राफिक जरिवाना भोलिदेखि बृद्धि हुने भएको छ । सरकारले बृद्धि गरेको सवारी नियम उल्लंघनको जरिवाना भोलिदेखि लागू हुने ट्राफिक प्रहरी महाशाखले जनाएको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने चालकले भोलिदेखि न्युनतम पाँच सय रुपैयाँ देखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना तिर्नु पर्नेछ ।

यातायात व्यवस्था ऐन २०४९ मा भएको जरिवानाको पुरानो प्रावधान परिमार्जन गर्दै सवारी नियम उल्लङ्घन गर्ने चालकलाई नेपाल सरकारले नयाँ जरिवाना तोकेको हो ।

गत बर्ष असोजमा भएको नेपाल सरकारको निर्णय बमोजिम यो नियम भोलिबाट देशैभरी लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विगतमा कारवाहीमा परेका चालकले आज जरिवाना तिरेमा पुरानो प्रावधान अनुसारको रकम बुझाउनु पर्नेछ । यदि आजसम्म पनि जरिवाना नतिरेमा भोलिबाट लागु हुने नयाँ प्रावधान अनुसारको जरिवाना रकम तिर्नु पर्नेछ ।

Write a Comment

Events
Random Picks