आजदेखि घट्यो लोडसेडिङ (तालिकासहित)
20-May-2016

७ जेठ काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय घटाएको छ । नदीहरुमा पानीको जलस्तर बढ्ने क्रम रहेको हुँदा साविकमा हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरिएको विद्युत प्राधिकरणले जनाएको छ ।
यसअघि हप्तामा ७७ घण्टा लोडसेडिङ हुने गरेकामा आजदेखि ७० घण्टा मात्र विद्युत कटौती हुनेछ ।