इक्यान कास्कीका अध्यक्ष भण्डारीको सपथग्रहण
23-May-2016

नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले इक्यान कास्कीका अध्यक्ष महेश भण्डारीलाई सपथ ग्रहण गराएका छन् ।
इक्यान कास्कीको अध्यक्षमा मनोनित भएका भण्डारीलाई पाण्डेले आइतबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका हुन् ।
यसअघि इक्यानको महाधिवेशनमा केन्द्रीय महासचिवमा उम्मेद्वारी दिनुअघि भण्डारीले इक्यान कास्कीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । महासचिव पदमा पराजित भएपछि भण्डारीलाई इक्यान कास्कीको बोर्ड बैठकले पुनः मनोनयन गरेको थियो ।
कार्यक्रममा इक्यानका कानुनी सल्लाहकार ज्योती अधिकारी र अन्य केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।
यसैबीच, इक्यान कास्कीको चौंथो साधारणसभा यही जेठ १५ गते पोखरामा हुने भएको छ । साधारणसभाको तयारी तिव्र पारिएको इक्यान कास्कीका सचिव सन्दीप अर्यालले जानकारी दिए ।

Write a Comment

Events
Random Picks