पोखराका गुरुङ परिवारलाई जापानबाट आर्थिक सहयोग
23-May-2016

 

जेष्ठ १०, २०७३- जापानको जंगलमा मृत अवस्थामा भेटिएका पोखरा ढिकुरपोखरी ६ का ४१ वर्षीय बुद्धिबहादुर गुरुङको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

जमु धीं जापानको पहल तथा स्थानीय सघंसस्थाको सहयोगमा राहतस्वरुप पीडित परिवारलाई सोमवार ३ लाख १३ हजार जापानीयेन सहयोग उपलब्ध गराइएको हो ।
 
जापानमा क्रियाशील स्थानीय पाँच संस्थाबाट २ लाख ३३ हजार र तमुधीं जापानले उपलब्ध गराएको ८० हजार गरि ३ लाख १३ हजार जापानी येन मृतक गुरुङकी धर्मपत्नी शान्तिलाई प्रदान गरिएको तमु धीं जापानका पूर्वअध्यक्ष भीम गुरुङले जनाए ।
 

जनजाती महासंघ, शेर्पा संघ, तामाङ संघ, पोखरेली दिदिबहिनी संघ, कास्की पोखरा समाज जापान लगायतबाट २ लाख ३३ हजार जापानीयेन सहयोग उपलब्ध गराएको स्थानीय पत्रकार समेत रहेका श्री गुरुङले बताए ।
 
कुक भिषामा ७ बर्षअघि जापान आएका गुरुङको शव तीनसाताअघि टोकियोबाट ३० किलोमिटर पश्चिमस्थित चिवा अञ्चलको नागारेया जंगलक्षेत्रमा भेटिएको थियो । मृतकको हुलिया र पारिवारिक प्रमाण लगायतका आधारमा लामो अनुसन्धानपछि चिवा प्रहरीले गतआइतवार मात्रै पोखराका गुरुङ भएको पुष्टि गरेपछि तमुधी जापानले शव जिम्मा लिएको थियो ।
 
मृतक गुरुङको घाँटीमा गहिरो दाग देखिएपछि डिएनए र पोष्टमार्टम रिपोर्टबाट आत्महत्या गरेको पुष्टिभए पनि  के कारणले आत्महत्या गरे भन्नेबारे खुल्न सकेको छैन ।
 
तमु धीं जापानका पूर्वअध्यक्ष भीम गुरुङका अनुसार गुरुङको शव आइतवारै जापानको स्थानिय खासिवाको फुनेरल टान्सपोटेसन शवगृहमा अन्त्यष्टि गरिएको थियो ।

आजको कान्तिपुर दैनिकमा लेखिएको छ।

 

Events
Random Picks