बिहारमा रक्सी प्रतिबन्धित भएपछि नेपाल छिर्न थाले भारतीय
24-May-2016

काठमाडौं – बिहार सरकारले राज्यमा रक्सीलाई प्रतिबन्धित गरेपछि सीमा क्षेत्रमा रहेका भारतीयहरु नेपाल पसेर रक्सी पिउने गरेको पाइएको छ ।
गत हप्तामात्र रौतहट प्रहरीले हालसम्म ५० भन्दा बढी भारतीयलाई नेपाली भूमिबाट पक्राउ गरेको एसपी गणेश रेग्मीलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन् ।
केही दिनअघि बिहारको सितामढीबाट नेपालमा रक्सी पिउनकै लागि आएका ९ भारतीयलाई प्रहरीले पक्राउ गरेको थियो । पछि फेरि नेपाल नछिर्ने शर्तमा रिहा गरिएको मिडिया रिपोर्टमा बताइएको छ ।
डिएसपी नबिल कृष्ण भण्डारीलाई उद्धृत गर्दै उनीहरुसँग १ हजार रुपैयाँ जरिवना लिइएको उल्लेख गरिएको छ । प्रहरीले गौर–४ स्थित दुई रक्सी पसलका सञ्चालकलाई पनि पक्राउ गरेको छ ।
प्रहरीले अहिले ६ बजेपछि सीमा छेउका रक्सी पसलहरुमा छापा मार्ने गरेको छ ।
यसलाई नियन्त्रण गर्नका लागि भारतीय र नेपाल प्रहरीले सहकार्यसमेत गरिरहेको छ ।

Write a Comment

Events
Random Picks