कामचोर शिक्षकलाई तह लगाउन सरकारले झिक्यो यस्तो जुक्ति
27-May-2016

काठमाण्डु, १४ जेठ– वर्षौदेखि एउटै विदालयमा अध्यापन गराइरहेका स्थायी शिक्षकलाई सरुवा गर्ने विधेयक संसदमा दर्ता भएको छ ।

लामो समयदेखि एउटै विद्यालयमा डेरा जमाइरहेका शिक्षकलाई तह लगाउन र विद्यालयको गणस्तर सुधार गर्न सरकारले यस्तो व्यवस्था गरेको हो । व्यवस्थापिका संसदमा पेस भएको शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ को आठौ संशोधन सो विषय उल्लेख गरिएको छ ।

विधेयकमा एउटै विद्यालयमा छ वर्ष सेवा अवधि पूरा गरेका स्थायी शिक्षकलाई तोकिएबमोमजिको मापदण्डको आधारमा जिल्ला शिक्षा अधिकारीले आफ्नो जिल्लाभित्र, क्षेत्रीय निर्देशकले आफ्नो क्षेत्रभित्र र शिक्षा विभागले नेपालको कुनै पनि विद्यालयमा सरुवा गर्न सक्ने उल्लेख गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

Write a Comment

Events
Random Picks