आजदेखी शुरु भयो दाङको बिमानस्थल / सोमबार र बिहीबार गोमा एयरको नियमित उडान
28-May-2015

१४ जेठ, दाङ / दाङको टरिगाउँ विमानस्थल बिहीबारदेखि नियमित सञ्चालनमा आएको छ । काठमाडौंबाट जहाज विहान ११ बजेतिर दाङतर्फ प्रस्थान गरेको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । उनका अनुसार जहाजले सुर्खेतमा यात्रु झारेर दाङतर्फ प्रस्थान गर्नेछ । काठमाडौंबाट उडेको करिव डेढ घण्टामा जहाज दाङ पुग्ने छ ।

जहाज फर्किदा भने दाङबाट सिधै काठमाडौं आउने कार्कीले जानकारी दिए ।

एकतर्फी उडान टिकटको जिम्मा तुलसीपुर उद्योग वाणिज्य संघले जिम्मा लिएपछि गोमाले उडान सुरु गर्न तयार भएको हो । संघका अनुसार काठमाडौंका लागि १६ वटा टिकट बिक्री भएका छन् । गोमाको लेट एयरक्राफ्टमा १८ सीट क्षमता रहेको छ ।

दाङका लागि एकतर्फी भाडादर ७ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । जहाज सुर्खेतमा अवतरण गरेर दाङ पुग्नका लागि करिव डेढ घण्टा लाग्ने प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए ।

Related Images

Write a Comment

Events