ईक्यान कास्कीको चौथो साधारणसभा धम्पुसमा
28-May-2016

पोखरा, १५ जेठ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)कास्कीको चौथो साधारणसभा सम्पन्न भएको छ । धम्पुसस्थित ‘धम्पुस रिसोर्ट’मा भएको साधारणसभाले अघिल्लो वर्षको वार्षिक तथा आर्थिक प्रतिवेदन पास गर्दै आगामी वार्षिक कार्ययोजना तयार पारेको छ ।

ईक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले दिप प्रज्वलन गरेसँगै शुरु भएको चौथो साधारणसभामा कास्कीका सम्पूर्ण ईक्यान सम्बद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । साधारणसभा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष पाण्डेले शैक्षिक परामर्शको क्षेत्रमा पोखरा निकै अग्रणी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि अझै सशक्त रुपमा अगाडि बढ्न सुझाव दिए ।

सोहि क्रममा ईक्यानका केन्द्रीय प्रथम उपाध्यक्ष राजेन्द्र रिजाल, द्वित्तिय उपाध्यक्ष भुपेन्द्र सिटौला, तृतिय उपाध्यक्ष विष्णुहरी पाण्डे, महासचिव सन्तोष प्याकुरेल, केन्द्रीय सदस्य सुर्यबहादुर डाँगी, ईक्यान कास्कीका सल्लाहकार रमेशकुमार थापा लगाएतले ईक्यान कास्कीको प्रगतीको कामना गर्दै शुभकामना दिएका थिए ।

साधारणसभा अन्तरगत भएको बन्द सत्रमा ईक्यान कास्कीका सचिव सन्दिप अर्यालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रदिप पोखरेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा ईक्यान कास्कीका उपाध्यक्ष मिलन तिवारीले स्वागत मन्तब्य राखेका थिए । ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा संस्थामा नयाँ सदस्यता लिएका ८ जना सदस्यहरुलाई खादा र बुकेले स्वागत समेत गरिएको थियो ।

Write a Comment