समाजीक कार्यमा आफुलाई उभ्याउँदै 'युथ फर चेन्ज'
29-May-2016

 जक्शन डटकम

जेष्ठ १६, पोखरा । फेसबुक यानकी सामाजिक संजाल । विश्वका अधिकांश युवायुवतीमाझ लोकप्रिय फेसबुक कतिपयले रमाइलोको प्रयोग गरिरहेका हुन्छन् त कतिपय जानकारीका लागी । तर पछिल्लो समय फेसबुक मार्फत सामाजिक कार्यहरुको सुरुवात हुन थालेका छन् ।

युवायुवतिहरु विभिन्न ग्रुप बनाएर त्यस ग्रुपमार्फत सामाजिक कार्यमा जुट्नेको जमात पनि बढ्दै छ। यस्तै पोखराका युवाहरु मिलेर फेसबुकमा एउटा ग्रुप बनेको छ, युथ फर चेन्ज । जसको उद्धेश्य समाजिक कार्यमा युवाहरुलाई संलग्न गराउनु हो । र ग्रुपले आफ्नो पहिलो कार्यक्रम गरेको छ ।

कठिन परिस्थितिका बालवालिकाका लागि उत्प्रेरणामूलक कार्यक्रम शनिबार सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन गर्दे पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले अबको साढे दुई वर्षभित्र पोखरालाई बालमैत्री शहर बनाउने तयारी नगरपालिकाले गरिरहेको भन्दै चुनौतीपूर्ण रहेको यस्तो कार्यलाई सहज बनाउन यस्ता सामाजिक संघसंस्थाहरु मिलेर कार्य गर्ने बताए ।

सो आवसरमा पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष मिनराज काफ्लेले पहिला सडकमा रहेका बालवालिकालाई पुनस्र्थापना गरेर शिक्षा दिई परिवारसँग पुनर्मिलन गराउनुपर्नेमा जोड दिए ।

युथ फर चेन्जका कार्यक्रम संयोजक सौगात थापाको अध्यक्षता भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका परियोजना संयोजक दीपक ढुड्डानाले सहजीकरण गरेका थिए भने युथ फर चेन्जको आवश्यक किन भन्ने विषयमा संस्थापक अमृत पौडेलले जानकारी गराएका थिए ।

कार्यक्रममा सूर्य तिमिल्सिनाले स्वागत र अनुपमा पुरीले सञ्चालन गरेकी थिइन् । उक्त संस्थाको एड्मिनमा शिशमु थकाली, साजन कोइराला, प्रकाश पौडेल, सुरज श्रेष्ठ, निराकर सिग्देल, सृष्टि आचार्य, शिशिर शर्मा रहेका छन् ।

get more photos here : http://jukson.com/event/455