वरिष्ठ संगीतकार अम्बर गुरुङको निधनपछि अस्पताल परिसरमा अश्रुधारा (तस्वीरसहित)
7-June-2016

२५ जेठ, काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएपछि उनका घरका सदस्य, आफन्त र शुभेच्छुकहरु शोकमा डुबेका छन् । ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।

गुरुङलाई भेट्न अस्पताल परिसरमा भेला भएकाहरु अश्रुधारा बगाइरहेका थिए । कोही भने अम्बरको तस्वीर स्पर्श गर्दै भक्कानिएका थिए । जब अम्बरकी श्रीमती बीना रुँदै फूलमाला लगाइएको अम्बरको तस्वीरलाई मुसार्न थालिन् तब वातावरण झन् शोकाकुल बन्यो । केहिबेर मन थामेर बसेकाहरुको पनि आँखाबाट आँसु बग्न थाल्यो ।

Bairagi Kainla

Raju Gurung

Son of Ambar Gurung

Amber is nomore

Bina Gurung

Albida Ambar Gurung 1Albida Ambar Gurung 2