तीन वर्ष अरु बाँच्न चाहन्थे अम्बर
8-June-2016

काठमाण्डु, २६ जेठ– म अझै पनि बाँच्छु, । मलाई अरु दुई तीन वर्ष बाँच्ने इच्छा छ । दुई तीन वर्ष अझै बाँचेर संगीतकै लागि काम गर्नुछ ।
गीतकार, संगीतकार तथा गायकको लोभलाग्दो छवि बनाएका संगीतज्ञ अम्बर कका अमर तारा अम्बर गुरुङ पछिल्लो समय घर परिवारका सदस्यसँग यसै भन्थे । मलाइ अरु दुई तीन वर्ष बाँच्ने इच्छा छ । संगीतकै लागि काम गर्ने विचार छ भन्नु हुन्थ्यो – मंगलबार बिहान अम्बरका माइला छोरा राजुले भने – रोगसँग लड्दा पनि उहाँले यस्तो शक्ति देखाउनुभयो कि मलाई भगवानले किन यस्तो दुःख दिए भनेर कहिले पनि गुनासो गर्नुभएन ।’ नेपाल समाचारपत्रबाट

Write a Comment

Events
Random Picks