१०० मा कल गरेर टाइमपासदेखि यौन अनुरागसम्मका प्रस्ताव कुरा !
11-June-2016

काठमाण्डु, ३० जेठ
‘नमस्कार, प्रहरी जवान सवल सापकोटा । ’
‘हेलो के छ खबर, भेट्ने होइन त ? ’
‘हजुर के भन्नुभयो ? ’
‘भेटौ भनेको । ’
‘यो प्रहरी कन्ट्रोल हो । केही समस्या छ भने भन्नुस ।’
‘मायाको समस्या भयो, सुल्झाइदिनुस न । ’

महानगरीय प्रहरी  कार्यालयलको आकस्मिक १०० नम्बरमा प्रहरी जवान सापकोटले झेल्ने ब्लफकलका विविध संवादमध्येको एक हो यो ।
आयुक्तको परिचालक कक्ष मेट्रो कन्ट्रोलनमा कार्यरत सापकोटाले पाँच वर्षको अवधिमा यस्ता अनगिन्ती अनावश्यक कलको सामना गरे जसमा टाइमपादेखि यौन अनुरागसम्मका प्रस्ताव हुन्छन् ।
उनको अनुभवमा जति रात छिप्पिदै जान्छ यस्तो फोनको संख्या पनि बढ्दै जान्छ । बेलुका सात बजेबाट सुरु हुने यस्ता ब्लफकल मध्यरात १२ बजेसम्म जारी रहन्छ ।
कान्तिपुर दैनिकबाट

Write a Comment