Breaking news : एसएलसीको रिजल्ट आयो
16-June-2016

भक्तपुर, असार २– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । एसएलसीको ८२ वर्षे इतिहासमा यसैवर्षदेखि ग्रेडिङ पद्धति लागू भएको  छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरिएको हो । 

९० देखि १०० प्रतिशत ल्याउने ए प्लस, ८० देखि ९० प्रतिशत ए, ७० देखि ८० प्रतिशत बी प्लस, ६० देखि ७० प्रतिशत बी, ५० देखि ६० प्रतिशत सी प्लस,४० देखि ५० प्रतिशत सी, ३० देखि ४० डी प्लस, २० देखि ३० डी र २० देखि  १० प्रतिशत ल्याउनेलाई इ अक्षराङ्कन दिइएको छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित भएको छ ।  

परीक्षामा कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमित तर्फ चार लाख ५२ हजार ८८१ र एक्ज्याम्टेड तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थीले परीक्षा दिएका थिए ।

रिजल्ट हेर्नका लागी यो लिंकमा जानुहोला : http://jukson.com/news/hamro-desh/_3437

Write a Comment

Events
Random Picks