अब अडियो रेकर्ड पनि प्रमाण हुन थाल्यो, अडियोकै आधारमा धेरै जेल गए
18-June-2016

काठमाण्डु, ५ असार–  विशालबजारमा सुन कारोबारी सञ्जय पाण्डेको पाँच किलो सुन लुटेको आरोपमा प्रहरी नायव निरीक्षक विजयप्रताप साह पक्राउ परे पनि उनको संलग्नता पुष्टिको बलियो प्रमाण फेला परेन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साहको मोबाइल जाँचका क्रममा त्यसमा अटो कल रेकर्ड एप्स फेला पार्‍यो । त्यसपछि साहको आवाजको नमुना लिएर सुन लुट्ने योजनाको अडियो क्लिप ‘भ्वाइस इस्पेक्ट्राअ एनालाइजर’ मार्फत परिक्षण गर्दा आवाज साहकै भएको पुष्टि भयो ।

पक्राउ परेका अन्य आरोपीको बयानसँगै आवाज परीक्षणको प्रमाणले उनी पुर्पक्षका लागी थुनामा गए । साह प्रहरी अपराध महाशाखामा कार्यरत थिए । साहमाथिको अनुुसन्धान प्रहरीले सुरु गरेको आधुनिक प्रविधिमा आधारित अनुसन्धानको प्रभावकारिताको सफल नतिजामध्ये एक हो ।

प्रहरीले गम्भीर प्रकृतिका ५० बढि घटनाको अनुसन्धानमा भ्वाइस इस्पेक्ट्रअ एनालाइजरको प्रयोग गरेको छ भने हजार बढीको पोलिग्राफ परीक्षण गरेको छ । भ्वाइस एनालाइजरको परीक्षण जनकपुर बमकाण्डको अभियुक्तबाट सुरु भएको थियो ।

–कान्तिपुर दैनिकबाट

Write a Comment

Events
Random Picks