सरकारी गाडि मापसे गरेर कुदाउंदा दुर्घटना
20-June-2016

सरकारी गाडिले फिल्मी शैलीमा ३ सवारीलाइ ठक्कर दिदा १ जना घाइते | लगातार ३ वटा सवारीलाइ ठक्कर दिदै भागेको नेपाल बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालय बुटवलको सवारीलाइ स्थानियले नियन्त्रणमा लिएका छन् ।
आइतबार करिब साढे ८ बजेको समयमा बुटवलबाट भैरहवा जादै गरेको बा १ झ १७९९ नम्बरको जिपले लगातार ३ वटा सवारीलाइ ठक्कर दिएको हो । जिप चालक तिनपा २ बस्ने ३८ बर्षिय सरकारी चालक कृष्ण बहादुर थापा र सो सरकारी जिपलाइ वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ - 

सोहि गाडिले लु१ख ४६७३ नम्बरको माइक्रो बस र ना ५ त ४९०२ नम्बरको ट्याक्टरलाइ पनि ठक्कर दिएको हो । बिद्युत प्राधिकरणको जिप अनियन्त्रित हुदा ४ वटै टायर पञ्चर भएका छन् । -

                                                                                          

Write a Comment

Events
Random Picks