बाजुराको पिडा : रेबिज विरुद्धको खोप छैन, खोप नपाएर गर्भवतीको मृत्यु
4-July-2016

बझाङ, असार २० – रेबिज खोप नपाएर बाजुराको बाधु गाविसमा एकजना गर्भवती महिलाको ज्यान गएको छ । बाधु-७ बस्ने २३ वर्षका माया आउजीको रेविजका कारण ज्यान गएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर बिकल लामिछानेले जानकारी दिनुभयो । 

डेढ महिना अघि पाँच महिनाको गर्भ रहेकी माया आउजीलाई गाँउमै भुस्याहा कुकुरले टोकेको थियो । उनलाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको भएपनि रेबिज बिरुद्धको खोप नभएपछि जिल्ला अस्पताल बाजुरामा रिफर गरेको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर लामिछानेले वताउनुभयो । जिल्ला अस्पताल बाजुरामा पनि खोप सकिएको भन्दै बाहिर रेफर गरेपछि आर्थिक अभावले उपचार नपाएकी मायाको ज्यान गएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । 

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिना यता मात्रै कुकुर टोकेका २५ जना बिरामी आएका छन् । छाडा कुकुरले सिधै मानिसलाई र स्यालले चौपायालाई टोकेर चौपायाबाट गाउँमा रेविज फैलिन थालेको गोत्री स्वास्थ्य चौकीका इन्चार्ज जितेन्द्र यादवले बताउनुभयो ।

Write a Comment

Events
Random Picks