बुटवलमा खोलिन अनलाइन सपिङ्ग सेन्टर , कोरियोग्राफरबाट व्यापारी बनिन् सृष्टि
5-July-2016

                                 

विगत लामो समय देखि विभिन्न म्युजिक भिडियो तथा विभिन्न ईभेन्टहरुमा कोरियोग्राफरको भुमिका निर्वाह गर्दै आएकी सृष्टि घिमिरेले बुटवलमा पहिलो पटक बुटवल सिटी अनलाईन सपिङ्ग सेन्टरको सुभारम्भ गरेकी छिन् ।

केही म्यूजिक भिडियोमा कोरियोग्राफी र  सयौं कार्यक्रमहरुको कोरियोग्राफिको भुमिका निर्वाह गरिसकेकी घिमिरेले एकल लगानीमा बुटवल सिटी अनलाईन सपिङ्ग सेन्टर स्थापना गरेकी हुन ।

                                                  

वि.स.२०७० सालबाट कोरियोग्राफिमा हात हालेकी उनले अफुले डिजाईन गरेका र अन्य डिजाईनहरु समेत सपिङ्ग सेन्टरमा राखेकी छिन् । अनलाईन मार्फत पनि सामान खरिद गर्न सकिने उनको भनाई रहेको छ । महिलाहरुको लागि चाहिने सबै प्रकृतिको फेसेनेवल र नर्मल सामानहरु राखेको उनले जानकरी दिइन् । उनले भनिन्–‘हामी बुटवलको एरियामा होम डेलिभरीको समेत व्यवस्था गरेका छौ ।’

                                                

अधिकांस ग्राहकहरुले अनलाईन मार्फत सामान हेरेर सेन्टरमा नै आएर किन्ने गरेको घिमिरेको भनाई छ । भैरहवा, सुनवल लगायतका स्थानहरुबाट बढि मात्रा अडर आउने गरेको र खासगरी दैनिक जिवनमा व्यस्त समय भएका व्याक्तिहरुको लागि अनलाईन सपिङ्ग उत्तम विकल्प भएको उनको भनाई छ ।

                                                       

 

 

Write a Comment

Events
Random Picks