नेपालमै ठीक हुने बिरामीलाई पनि ‘भारत लैजाउँ’ भनिँदो रहेछ भन्ने त शशांकको घटनाबाटै पुष्टि
8-July-2016

काठमाण्डु, २४ असार– ओम अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा अचेत कांग्रेसका महामन्त्री शशांक कोइरालाको उपचारमा समर्पित चिकित्सकको प्रयास जारी रहँदा कांग्रेसका केही शीर्ष नेता उनलाई भारतको नयाँदिल्ली लैजान चहान्थे ।

नेता कृष्णप्रसाद सिटौलाको सुझावमा अस्पतालका वरिष्ठ चिकित्सक भोला रिजालले अडानपूर्ण उत्तर दिए, ‘हामीले यति धेरै प्रबुद्ध चिकित्सकलाई जम्मा गरेर उपचार गरिरहेका छौँ । उहाँको स्वास्थ्यमा केही सुधारका संकेतसमेत देखिसकेका छन्, किन लग्ने बाहिर ?
त्यहाँ पनि यही उपचार गर्ने त हो ।’ डा. रिजालबाट यो जबाफ पाउँदा पनि नेता सिटौलालाई भने अझै चित्त बुझेन र भने,‘हैन मिल्छ भने लगौँ भन्ने कुरा हो ।’ रिजालले गम्भिर हुँदै भने,‘भेन्टिलेटरमा राखेको बिरामीलाई हामी कुनै हालतमा बाहिर लग्ने अनुमति दिँदैनौँ । परिवारले पनि यहि ठीक छ भनिरहनु भएको छ ।’ शशांकको उपचारमा नेपालका प्रख्यात चिकित्सक संलग्न भइरहेको बताइरहे पनि ‘उहाँलाई किन दिल्ली नलगेको ?

भारतबाट चिकित्सक आउने कुरा के भयो ? भनेजस्ता प्रश्न सोध्ने अरु पनि थिए । तर ओम अस्पतालको टिम र त्यसलाई साथ दिएका अन्य चिकित्सक आत्मविश्वास र दृढतासहित ठूलै जोखिम मोलेर शंशाकको उपचारमा निरन्तर खटिरहे र २४ घन्टापछि खतरामुक्त भन्न नसके पनि उनको स्वास्थ्यमा दु्रत सुधार देखियो ।

–अन्नपूर्ण पोस्ट्बाट

Write a Comment

Events
Random Picks