'अब पुलिसमा माथिको आदेश चल्दैन'
11-July-2016

असार २७ काठमाडौं  / प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अब प्रहरीमा ‘माथिको आदेश’ नचल्ने बताएका छन् । सोमबार राजधानीमा ‘प्रहरी मेरो साथी’ नामक कार्यक्रम शुभारम्भको अवसरमा बोल्दै महानिरीक्षक अर्यालले भने, ‘अबको पुलिस माथिको आदेशले हैन, कानुन र विधि अनुसार परिचालन हुनुपर्छ ।’

 नागरिक र प्रहरी बिचको ग्याप आफ्नो संगठनको ठुलो समस्या रहेको उल्लेख गर्दै आईजिपी अर्यालले भने, ‘प्रहरी मेरो साथि कार्यक्रमले त्यहि खाडल पुर्न मद्यत गर्नेछ ।’ नेपाल प्रहरीले सोमबार विहान देशभर एकैपटक ‘प्रहरी मेरो साथी’ नामक अभियानको शुभारम्भ गरेको छ । काठमाडौं स्थित पुलिस क्लवमा आयोजित एक कार्यक्रमका बिच गृहमन्त्री शक्ति बहादुर बस्नेतले कार्यक्रमको लोगो अनावरण गरे ।

डिएसपी विश्व अधिकारीले ल्याएको अवधारणा लाई संगठनको सिफारीशमा सरकारले आफ्नो निती तथा कार्यक्रममा समावेश गरेसँगै देशभर प्रहरी मेरो साथी नामक कार्यक्रम शुरु भएको हो । ‘प्रहरी मेरो साथि’ हो भन्ने भावना र सम्वन्धको विकास गरी नेपाल प्रहरीको छवीमा अभिवृद्धि गर्ने उद्धेश्य सहित शुरु गरिएको कार्यक्रमले कक्षा ८ देखी १२ सम्म अध्ययनरत विद्यार्थिबाट अपराध नियन्त्रणमा सहयोग लिईने अर्यालले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री शक्ति बहादुर बस्नेतले राज्य र जनता बिचको दुरी घटाउन ‘प्रहरी मेरो साथी’ कार्यक्रमले भुमिका खेल्ने बताए । ‘प्रहरीको जिम्मेवारी र दायित्व पुरा गर्न यो कार्यक्रमले विशेष अर्थ राख्छ’ मन्त्री बस्नेतले भने, ‘प्रत्येक नेपालीले प्रहरी मेरो साथी हो भन्ने अनुभुत गर्न थालेपछी प्रहरी हामी सवैको साथिमा रुपान्तरण हुनेछ ।’ समुदायमा हुने हरेक सामाजिक विकृती–विसंगती नियन्त्रण, अपराध र दुर्घटनाको न्युनिकरणका लागि छिटो सुचना पाउने उद्देश्यले प्रहरीले यो कार्यक्रम शुरु गरेको हो ।

कार्यक्रम अन्तर्गत हरेक विद्यालयमा पुगेर प्रहरीले जनचेतनामुलक अभियान चलाउने र सहयकार्यका लागि प्रत्येक घरको एक जनालाई साथि बनाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सोही अवसरमा गत असार १८ गते धादिङको रि गाविस–९ स्थित चित्लाङमा पहिरोमा परेका अपांग तथा अशक्त १४ जनालाई निकै जोखिम मोलेर उद्धार गर्ने दुई प्रहरीलाई सम्मान गरिएको छ ।

प्रहरी हवल्दार रुद्र बहादुर कुमाल र जवान संगित कुमलले ढुंगा समातेर जोखिमयुक्त बाटो पार गर्दै विपतद्मा परेको हरुको उद्धार गरेका थिए । उनिहरुलाई प्रशंसापत्र तथा नगद सहित गृहमन्त्री शक्ति बहादुर बस्नेतले सम्मान गरे ।