पाल्पामा परीक्षा दिन हिँडेको विद्यार्थी १२ दिनदेखि बेपत्ता : खोजी कार्य जारी
11-July-2016

पाल्पा, असार २७ – पाल्पा तानसेन-७ बतासेडाँडाका १४ वर्षका बालक जमिलदिन मियाँ १२ दिनदेखि हराइरहेका छन् । जनता उच्च माध्यमिक विद्यालयमा तानसेनमा परीक्षा दिन हिँडेका जमिलदिन घर नआएपछि परिवार चिन्तित बनेको छ । 

बाबासँग परीक्षा शुल्क तिर्न भन्दै एक हजार रुपैयाँ र हजुरबुबासँग पाँच सय रुपैयाँ लिएर हिँडेका जमिलदिन दुई साता बित्नै लाग्दासमेत सम्पर्कमा नआएको बाबु जमीरले बताउनुभयो ।   तानसेनकै महेन्द्रबोधी उच्च माध्यमिक विद्यालयमै पढ्ने अर्जुन राईसँग हिँडेको भन्ने खबर पाएपनि अर्जुनसमेत कहाँ छ भन्ने आफूलाई जानकारी नभएको जमीरको भनाई छ । 

छोरा हराएको कुरा प्रहरी र विद्यालयलाई भनेपनि वास्ता नगरेको उहाँले गुनासो गर्नुभयो । घरबाट विद्यालय हिँडेका छोराले कालो जिन्स पाइन्ट र खैरो टिसर्ट समेत झोलामा हालेर लगेको आमा रोजिनाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले बालकको खोजी भइरहेको जनाएको छ ।

Write a Comment