बुटवलबाट भारत जाँदै गरेको बस दुर्घटनाग्रस्त
12-July-2016

बुटवलबाट भारत जाँदै गरेको बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा पनि पाँच जनाको मृत्यु भएको छ भने ३० भन्दा बढि घाइते भएका छन् ।

घाइते ३० जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई लखनउ मेडिकल कलेजमा लगिएको पुलिस अधिकारी बहरैच, सालिक रामले इन्टरनेशनल बिजनेस टाइम्स इन्डियालाई बताए । अरु घाइतेको उपचार जिल्ला अस्पताल बहरैचमा भइरहेको उनले जानकारी दिए ।

मंगलबार बिहान उत्तराखण्डबाट तरकारी ल्याइरहेको ट्रक र बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुबै सवारी साधनका ड्राइभरहरुको मृत्यु भएको बताइएको छ । उनीहरुको शव ट्रकमा भएको तरकारीभित्र छिरेको न्यूज एक्सले बताएको छ ।

बस बुटवलबाट दिल्ली जाँदै गर्दा दुर्घटना भएको बताइएको छ ।

Write a Comment