बुटवलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
19-July-2016

कपिल ज्ञवाली/बुटवल,साउन ४
बुटवलको तिनाउ पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्व जादै गरेको ना४ख ६३३२ नम्बरको ट्रकले सोहि दिशातर्फ गैरहेको लु१३प ६८९३ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा चालक चितवन चिसापानीका ३० बर्षिय कुमार नगरकोटीको ज्यान गएको हो ।

उनको उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल लैजादै गर्दा बाटोमा ज्यान गएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।

 

Related Images

Write a Comment

Events
Random Picks