पोखराको न्यूरोडमा मोटरसाइकल र स्कुटर ठोक्कियो : तिन घाइते, एकको अवस्था गम्भिर
23-July-2016

जक्शन डटकम

पोखरा, साउन ८ ।  पोखराको न्यूरोडमा मोटरसाइकल र स्कुटर ठोक्किदाँ तिन जना घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भिर रहेको छ । न्युरोडमा रहेको पद्यमा नर्सिङ होम अगाडि साँझ ८ः३०मा दुर्घटना भएको हो । 

चिप्लेढुङ्गाबाट सभागृहतर्फ जाँदै गरेको ग ९ प ७४५५ नं को पल्सर मोटरसाइकलले न्युरोड बाट चिप्लेढुङ्गा आइरहेको ग १० प ५७७१ नं को स्कुटरलाई ठक्कर दिएको हो । 

घाइते मध्ये मोटरसाइकलका चालक सुशान्त गुरुङ र स्कुटर चालक शान्ति गुरुङको अवस्था सामान्य रहेको छ भने स्कुटर पछाडि बस्ने करिश्मा गर्बुजाको अवस्था गम्भिर छ । उनको पद्यमा नर्सिङ होम न्युरोडमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।