प्रहरी मुख्यालयमा दुई सय अनावश्यक प्रहरी
25-July-2016

साउन १० काठमाडौं–देशभरिका प्रहरी कार्यालयमा जनशक्ति अपुग छ । तर प्रहरी प्रधान कार्यालयमा भने आवश्यकताभन्दा एक सय ९१ जना प्रहरी बढी छन् । तर, मुख्यालयले हेडक्वार्टरमा रहेका अनावश्यक प्रहरीलाई बढी काम भएका कार्यलयमा खटाउन सकेको छैन ।

प्रहरीले नै आन्तरिक रुपमा गरेको अध्ययनमा मुख्यालयमा १८ डिएसपीसहित एक सय ९१ जना प्रहरी आवश्यकता भन्दा बढी रहेको देखाएको छ । नीति तथा योजना निर्देशनालयले गत माघ महिनामा त्यससम्बन्धी प्रतिवेदन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बुझाएको थियो ।

प्रतिवेदनमा उनीहरुलाई कामको अत्याधिक बोझ भएका जिल्लामा खटाउन सिफारिस गरिएको थियो । तर, ६ महिना बित्दा पनि मुख्यालयले अनावश्यक प्रहरीलाई आवश्यक कार्यालयमा खटाउन सकेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Write a Comment