महावीर पुनको चेतावनी : 'सूचना तथा सञ्चारका लागि अनसन बस्ने अब मेरो पालो'
25-July-2016

साउन १० – संचार क्षेत्रको सुधारका लागि सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आफूले पनि अनसन बस्ने बेला आएको बताएका छन् ।  रोमन म्यागासेसे पुरस्कार विजेता पुनले आफ्नो फेसबुक पेजमा संचार क्षेत्रको सुधारका लागि सरकारले बेवास्ता गरेको साथै यस क्षेत्रमा पनि विकृति, मनोमानी र गैर जिम्मेवारी बढेको भन्दै अनसन बस्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

विशेषगरी ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याइ त्यसको उपयोग गरेर शिक्षा, स्वास्थ्य, व्यापार, कृषि तथा ई–साक्षरता जस्ता विभिन्न सेवा प्रदान गर्ने र नागरिकलाई सुविधा दिने कुरामा कुनै पनि संचार मन्त्री तथा संचार सचिवले ठोस कदम नचालेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

आफूले धेरै पटक सुझाव दिएपनि त्यसको सुनुवाई नभएपछि अब स्वास्थ्य क्षेत्रको बेथिति हटाउन डाक्टर गोविन्द केसीले अनसन बसेजस्तै आफूले संचार क्षेत्रको सुधारका लागि अनसन बस्ने दिन आएको बताए । उनले डाक्टर गोविन्द केसीलाई गुरु मान्दै यो कदम चाल्न तयार रहेको बताए ।

मुख्य माग यस प्रकारका छन् ःMahabir Pun Demand

  •     ग्रामिण दुरसंचार कोषमा जम्मा भएको १२ अर्ब रुपैयाँ खर्च गरेर नेपालको सम्पूर्ण गाविसको हरेक वडासम्म ब्रोडब्याण्ड इन्टरनेट पुर्याउन काम थाल्नुपर्ने ।
  • नेपालको पहाड तथा तराईको ग्रामिण क्षेत्रमा सजिलै र सस्तो दरमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने अबको टेक्नोलोजी TV White Space Technologyभएकाले यो प्रविधि गाउँ घरमा इन्टरनेट पुर्याउन चाहने सेवा प्रदायकलाई निशुल्क उपलब्ध गराउनुपर्ने ।

 

सरकारले बेवास्ता गरेपछि राष्ट्रिय आविष्कार केन्द्रका लागि महाविर पुनको नागरिक अभियान

मुलुकमा छरिएर रहेका नेपाली युवाहरुको प्रतिभा पहिचान तथा प्रस्फुटन गर्ने उद्धेश्यले स्थापित गर्न लागिएको राष्ट्रिय आविष्कार केन्द्रका लागि नागरिक स्तरमा अभियान शुरु गरिएको छ ।

युवाहरुको अनर्तनिहित प्रतिभाको पहिचान र उपर्युक्त बातावरण तयार गर्न आवश्यक स्रोत साधन सहितको प्रविधिको विकास गर्ने उद्धेश्यले म्यागासेसे पुरस्कार बिजेता महाविर पुन लगायतको अगुवाईमा केन्द्र स्थापनाका लागि अभियान थालिएको हो ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी प्रतिभाशाली नयाँ पुस्तालाई अनुसन्धानमा सहयोग पु¥याई देश विकासमा टेवा पु¥याउने अभियानमा सरकारले पटक पटक आश्वासन दिएर बेवास्ता गरेपछि आर्थिक संकलनका लागि नागरिक स्तरबाट घर दैलौ अभियान शुरु गरिएको म्याग्दी पूख्यौली घर भएका बेतार इन्टरनेट सञ्जालका हिरो महाविर पुनले बताए । ४ बर्षसम्म अथक प्रयास गर्दा पनि केहि उपलब्धी नभएकोले गत तिन हप्ता देखि सरकारको दैलो धाउन छोडेर जनताको घर दैलोमा गएको अभियानका अभियन्ता पुनले बताए ।

राष्ट्रिय अविष्कार केन्द्रको वेबसाइट http://www.nicnepal.org मा गई सहयोगका लागि फारम भर्न सकिन्छ । तपाईंहरुले पनि फारम भर्नुहोस् र राष्ट्रको लागि दान दिनुहोस् । महाबीर पुन लाई प्रत्यक्ष कुरा गर्न ९८४१५९२३६१ मा फोन वा http://nicnepal.mahabir@gmail.com मा इमेल पनि गर्न सकिन्छ ।

Write a Comment

Events
Random Picks