शनिबार राति भूकम्पको ठुलो धक्का महसुस, सर्वसाधरणमा थप त्रास
30-May-2015

 

 

 

 

 

 

 

जक्सन डटकम, जेठ १६ । काठमाडौं र आसपासका जिल्लामा शनिबार राति भूकम्पको धक्का महसुस भएको छ ।  राति १० बजेर १४ मिनेटमा काठमाडौं  र आसपासका जिल्लाका भूकम्पको कडा धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले  नुवाकोटलार्इ केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूटको भूकम्प गएको जानकारी दिएको छ । 

अमेरिकन भूगर्भ विभागले भने  चितवनको भरतपुरलार्इ केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूटको भूकम्प गएको जनाएको छ ।  भूकम्पको धक्का महसुस भएपछि मानिसहरु अत्तालिँदै सडकमा र अन्य सुरक्षित स्थानमा निस्केका छन् । भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ, गोरखा, काठमाडौैं उपत्यका र काभ्रेमा समेत महसुस भएको छ । 

शनिबार राति नै ८ बजेर ३५ मिनेटमा रसुवा र नुवाकोटलार्इ केन्द्रबिन्दु बनार्इ ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट‍्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शनिबारै बिहान १ बजेर ५२ मिनेटमा धादिङ, नुवाकोट र काठमाडौ‍ केन्द्रबिन्दु बनार्इ ४ म्याग्निच्यूडको भूकम्पको धक्का महुस भएको थियो । 

Write a Comment

Events
Random Picks