सेतीमा बाढी : पाेखराकाे रामघाटका अाठ घर डुबानमा
25-July-2016

पाेखरा, ११ साउन

सेती नदीमा पानीकाे सतह बढेपछि किनार अासपासका बस्तीहरु जाेखिममा परेका छन् । साेमबारदेखि परेकाे अबिरल वर्षाले सेतीको सतह बढेर पोखरा–१० रामघाटको सुकुम्बासी बस्ती डुबानमा परेकाे छ ।

नदीकाे बाढी बस्दा त्यहाँका ८ घर डुबानमा परेका छन् । सोमबार राति बाढी सुकुम्बासी गाउँमा पसेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

Write a Comment

Events
Random Picks