देबिनगर र बुद्धनगर जोड्ने तिनाउको झोलुङ्गे पुल बाढीले बगायो -
26-July-2016

बुटवल १३ देबिनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल तिनाउको बाढीले बगाएको छ ।

तिनाउको यो पुल बगाएपछि स्थानीयहरु भागाभाग भएका छन् भने नदी बस्तीमा पसेको छ ।

११ हजार जना रहेको तिनाउ वरपरको सुकुम्बासी बस्तीभर पुरै सन्त्रास छाएको छ ।

उद्धारका लागि प्रहरी परिचालन गरिएको छ भने स्थानीयहरु सो स्थान छाडेर भागेका छन् ।

बुटवलको प्रगतिनगरमा ५ वटा घर बाढिले बगाएको छ ।

Events
Random Picks