काठमाडौंको पोलिक्लिनमा नर्सको मृत्यु : हत्या गरिएको भन्दै दोषिमाथि कडा कारवाही गर्न परिवारको माग
27-July-2016

१२ साउन काठमाडौं – गत असार २८ गते ललितपुर बालकुमारीस्थित् किष्ट पोलिक्लिनिकमा कार्यरत स्टाफ नर्स निमा डोल्मा लामाको हत्या भएको भन्दै परिवारले हत्यामा संलग्नलाई अविलम्ब कारवाही गर्न जोडदार माग गरेको छ ।nurse-murder

बुधबार रिपोर्टर्स क्लब नेपालमा मृत्तकका आफन्तले पत्रकार सम्मेलन गर्दै निमाको आत्महत्या नभई हत्या भएको भन्दै दोषिमाथि कडा भन्दा कडा कारवाहीको माग गरेका हुन् । परिवारले निमालाई शरिर बन्धक बनाई हत्या गरिएको आशंका गरेको छ । मृत्तककी बहिनी मिना लामाले भनिन्,‘यो हत्या नै हो, मान्छे मारेर अस्पताल लग्ने काम गरिएको छ, यो कुराको स्पष्ट छानविन हुनुपर्छ ।’

उनीहरुले निमाको हत्या क्लिनिकका सञ्चालक उमेश कुमार साह र डा. देव कुमार साहको मिलेमतोमा भएको आरोप लगाए । उनीहरुले हत्याराहरुको बारेमा किटानी जाहेर दिँदा समेत अहिलेसम्म कुनै कारवाही नभएको भन्दै चिन्ता व्यक्त गरे । उनीहरुले प्रहरीले सुरुमा किटानी जाहेरी नै लिन नमानेको स्मरण गर्दै मानवअधिकारकर्मी, सासंसदहरुलाई हार गुहार गरेपछि मात्रै उजुरी लिएको आरोप लगाए ।

कार्यक्रममा तामाङ् घेतुङ् संघका सचिव रामृकष्ण ब्लोनले पनि निर्दोष मानिसको हत्या हुँदापनि प्रहरीको अनुशन्धान र पोष्टमार्टमको रिपोर्टले दोषीहरु उम्कने र पिडित झनै पिडित हुनु पर्ने अवस्था भएको भन्दै निश्पक्ष छानविनको माग गरे ।

Write a Comment

Events
Random Picks