घर नजिक पार्किङ गरेको गाडीमा अागजनी
28-July-2016


 
घोराही वडा नम्बर ८ मा घर नजिक पार्किङ गरेर राखेको रा.१ज. ४५३ नम्बरको हायसमा आगजनी भएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए।आगो रातको साढे १ बजे लगाएको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको पनि उनले जानकारी दिए। 
 
एसपी सिंहका अनुसार आगो कसले र किन लगायो भन्ने खुल्न सकेको छैन। फ्यूज वायरबाट आगो सक्लिएको देखिएकोले घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

 

Write a Comment