मकालु एयरको विमान दुर्घटना: चालक र सहचालक बिमान बाट हाम्फालेर ज्यान जोगाउन सफल
5-August-2016

 साउन २० –हुम्लाको हिम्लुङ्ग खोलामा दुर्घटना ग्रस्त विमान भेटिएको छ । कार्गो छाडेर फर्किने क्रममा सिमिकोट विमानस्थलवाट उडेको १५ मिनेटमै इन्जिनमा समस्या आएपछि जहाजलाई फर्काएर सिमिकोट विमानस्थलमा अवतरण गराउने प्रयास गरेपनि नसकेपछि चालकले हिम्लुङ्ग खोलामा आकस्मिक अवतरण गराएका हुन् ।जहाज खोलामा खसेको छ । विमानका चालक साङ्गे लामा र सहचालक प्रशान्त शाह विमानबाट हाम फालेर बाँच्न सफल भएका छन् । विमान खोलामा खस्नु आघिनै चालक र सहचालकले बालुवामा हामफालेर ज्यान जोगाएको मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालले बताउनु भयो । हाम फलदा एक जनाको  घुँडामा सामान्य चोट लागे को छ  भने आर्कलाइ केहि नभयको प्रहरी प्रमुख ले बताउनु भयो । चालकहरु लाइ सिम्रिक एयरबाट उपचारको लागि नेपालगंज ल्याउन लागिएको पनि उहाँले बताउनु भएको छ । सिमिकोट विमनस्थलबाट उडेको १५ मिनेटमै मकालु एयरको ९ एन एकेसी विमानको इन्जिनमा प्राविधिक समस्या आएको थियो । सिंगल इन्जिन भएको विमानमा प्राविधिक समस्या देखिने वित्तिकै विमानलाई आकस्मिक अवतरण गरिएको सुर्खेत विमानस्थलले जनाएको छ ।

 

Write a Comment

Events
Random Picks