हराइरहेकी स्कुले बालिका मृत आवस्थामा सुनसान जङ्गलमा फेला
5-August-2016

 

२१ साउन– काभ्रेपलाञ्चोकको पाँचखालमा आज एक स्कुलेबालिका मृत अवस्थामा फेला परेकी छिन् ।गत साउन १७ गतेदेखि हराइरहेकी भविष्य उज्वल प्रावि पाँचखालमा ५ कक्षामा अध्ययनरत ९ वर्षीया बालिका सन्जीता विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।उनका अनुसार सन्जीताको शव घरदेखि ३०० मिटर दक्षिणमा रहेको सुनसान जङ्गलमा फेला परेको थियो ।धेरै आशङ्का छन् त्यसलाई  विस्तृत रुपमा अनुसन्धान गर्छौं”,प्रहरी नायबले भने। 

Events
Random Picks