भैँसीको सिगंले हान्दा एक महिलाको भुँडी फुटी मृत्यु
5-August-2016


रामेछाप, साउन २१ – भैँसीले हानेर रामेछापको मन्थली नगरपालिका – ५ कि ३२ वर्षे एक महिलाको ज्यान गएको छ ।भैँसीले हान्दा मिना बुढाथोकीको शुक्रबार विहान ज्यान गएकाे हो । उनी भैँसी गोठमा जाँदा भैँसीको सिगंले हान्दा बुढाथोकीको पेट फुटेपछि उनको घटनास्थलमानै ज्यान गएको हो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मन्थलीवाट पुगेको प्रहरीको टोलीले घटनास्थलको मुचुल्का उठाई मन्थली फर्किएको  छ ।
मृतक वुढाथोकीको शव पोष्टमार्टमको लागि मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक मखख्न प्रसाद यादवले बताउनुभयाे । 

Write a Comment