जावलाखेलबाट लगनखेलसम्म जथाभावी पार्किङ गर्न नपाइने
7-August-2016

काठमाडौं–जावलाखेलबाट लगनखेलसम्म जथाभावी पार्किङ गर्नेलाई एक हजारसम्म जरिवाना । १ किलोमिटरको दुरीमा रहेको उक्त स्थानमा विद्यार्थीहरुको भीड हुने भएकाले मोटरसाइकलबाहेक अन्य सबै सवारीलाई पार्किङ गर्न निषेध गरिएको छ’  जाम र दुर्घटना बढेको भन्दै जावलाखेलबाट लगनखेलसम्म चार पाङ्ग्रे गाडीलाई पार्किङ निषेध गरिएको ललितपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए । यसरी पार्किङ निषेध बनाउँदा सडक जाम कम हुने उनको विश्वास छ।

Write a Comment

Events
Random Picks