कच्ची सडककोे खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु
8-August-2016

तेह्रथुम, साउन २४ – कच्ची सडककोे खाल्डोमा जमेको पानीमा डुबेर तेह्रथुममा एक महिलाको ज्यान गएको छ ।

लालीगुराँस नगरपालिका–८ कि ६० वर्षकी देवीमाया लिम्बुको सडकमा पानी जमेको खाल्डोमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । हिँड्दै गर्दा चिप्लिएर लड्दा पानीको खाल्डोमा परेर ज्यान गएको प्रहरी नायव निरीक्षक मोहन खतिवडाले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Write a Comment