नेपालको सुन्दरता हराएको छैन- 'घुम्न जाउँ नेपाल'
31-May-2015

अधिकांश पदमार्ग सुरक्षि

नेपाल साहसिक पदमार्गका लागि चर्चित छ । ३५ वटा पदमार्ग चलनचल्तीमा छन् । तीमध्ये चारवटामा मात्रै वैशाख १२ गतेको भुकम्पका कारण क्षति पुगेको छ ।

 

तर, नेपालका सबै पदमार्गहरु ध्वस्त भए जसरी प्रचारप्रसार हुँदा अन्तराष्ट्रिय क्षेत्रमा नकरात्मक असर परेको गुनासो गर्छन्, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का उपाध्यक्ष कुल गुरुङ ।

उनी भन्छन्, ‘नेपालमा आउने पर्यटकको पहिलो रोजाईमा पर्ने स्थान हो अन्नपुर्ण पदमार्ग । यो पदमार्ग पुर्णरुपमा सुरक्षित छ । तर सुरक्षित भएका पदमार्गहरुको कुरा उठेन । भत्किएका र ध्वस्त भएका पदमार्गका कुराहरु उठदा यस्तो समस्या उत्पन्न भयो ।’ यो पदमार्ग पोखराबाट शुरु भएर लमजुङको बेंशीशहरमा टुङ्गिन्छ । यो पदमार्गमा प्रत्येक बर्ष एक लाख भन्दा बढी पर्यटकहरुले यात्रा गर्दछन् ।

 

त्यस्तै नेपाल आउने पर्यटकको दोस्रो रोजाईमा पर्ने स्थान हो, सगरमाथा राष्ट्रिय निकुञ्ज तथा सगरमाथा बेस क्याप पदयात्रा । यो पदमार्ग पनि पूर्णरुपमा सुरक्षित छ । यहाँ वर्षेनी ३३ हजारभन्दा बढी पर्यटक पुग्ने गर्छन् । तेस्रो स्थानमा पर्छ हो लाडटाङ पदमार्ग, यो पदमार्गमा भने भुकम्पले क्षति पुर्‍याएकाे छ । अन्तिम गन्तव्य लाङटाङ गाउँ पुरै खालि भएको छ । लाङटाङ पदमार्गमा बार्षिक रुपमा १० हजार भन्दा धेरै पदयात्री जाने गरेका छन् ।  क्षति पुगेका पदमार्गमा मनास्लु, रोल्वालीङ, रुबिभ्याली रहेका छन् । यी बाहेक सबै पदमार्गहरुमा पर्यटकलाई चाहिने आधारभुत आवश्यक्ता पूर्ण रुपमा पहिलेको जस्तै रहेको छ । पर्यटन ब्यवसायी सरोज थापा भन्छन्, ‘मनास्लुका लागि वैकल्पिक पदमार्ग पनि छ । जुन आरुघाट, आरखेत बजार, बसेरी लाटु डाठडा, टासीगाउँ दोभानपछि पूरानो रुटमा जोडिन्छ ।’

 

१० वटा राष्ट्रिय निकुञ्जमध्ये एक मात्र लाङटाङ राष्ट्रिय निकुञ्ज भूकम्पले प्रभावित भएको छ । अरु सबैमा राष्ट्रिय निकुञ्ज पर्यटनका लागि सुरक्षित रहेका छन् । 

 

त्यस्तै विश्वसम्पदामा सुचीकृत ८ सम्पदा रहेका भक्तपुर, काठमाण्डौ, ललितपुरमा क्षति भएको छ । तर, भक्तपुर र ललीतपुका केही सम्पदामा आंशीक मात्रै क्षति पुगेको छ । यी स्थानमा केही मर्मतसम्भार गरे पुग्छ । पर्यटकका लागी सञ्चालन गरिएका ९० प्रतिशत होटल सुरक्षीत रहेको पर्यटन होटल अर्गनाईजेसनले जनाएको छ ।

 

पर्यटकलाई चाहिने आधारभुत आवश्यक्ताहरु सूचना, ईन्टरनेट, एटिमएम, मोबाइल सबै नियमित छन् । तर पनि पर्यटकको खचाखच हुने स्थान ठमेल, पोखरा, लुम्बिनी, चितवन, भक्तपुर, काठमाडाैं, पाटन लगायतका ठाउँमा भूकम्प पश्चात पर्यटकको संख्या लगभग शुन्य छ ।

 

पर्यटन विज्ञ ज्ञानेश्वर महतो भन्छन्, ‘यस्तो अवस्थामा पर्यटकलाई नयाँ पदमार्गको जानकारी सहित त्यो स्थान लान सके फाईदा हुन्छ । नयाँ पदमार्गको पनि प्रचारप्रसार हुने र नयाँ प्रोडक्ट पनि निस्कन्छ ।’ सरोकारवालाहरु लागिपर्ने हो भने आउने सिजनमा नयाँ रुप निस्कने समेत उनको दाबी छ । पछिल्लो समय नयाँ पदमार्गहरु पत्ता लागे पनि ती पदमार्गको उचित प्रचारप्रसारका साथै ट्राभल कम्पनीहरुले चासो नदिएका कारण चलेका रुटहरु भन्दा नयाँ नदेखिएको हो । 

 

नयाँ पदमार्गमा हुम्लादेखि रारा, रारादेखि खप्तड, पूर्वमा लुम्बासुम्बा पास, बाग्लुङदेखि रोल्पासम्मको गुरिल्ला पदमार्ग पनि सुरक्षित छन् । 

 

source:http://kinmel.setopati.com/paryatan/25840/

 

Write a Comment

Events
Random Picks