नारायणी नदीमा पौडी खेल्दा हरायका दुइ डाक्टर आझै फेला परेनन
9-August-2016

 


चितवन२५ - तीन दिन अघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् । भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकै गत शनिबार साँझ पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका थिए ।
वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा भरतपुर उपमहानगरपालिका–४ घर भएका चिकित्साशास्त्रका विद्यार्थी दीपक काफ्ले र कन्चनपुर जिल्लाको महेन्द्रनगरका डा पुकार खरेल रहेका छन् । काफ्ले भरतपुर मेडिकल कलेजमा बिडिएस अन्तिम वर्षमा अध्ययनरत र डा खरेल इन्टर्न गरिरहेका थिए ।
उनीहरुसँगै पौडी खेलेका एक जनाको बग्न लागेको अवस्थामा उद्धार गरिएको थियो । इन्टर्न र अन्तिम वर्षमा पढिरहेका आठजना बिदाको दिन पारेर पौडी खेल्न गएका थिए ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक राजु थापाका अनुसार शनिबारदेखि नै उनीहरुको खोजी कार्य जारी रहेको छ । कुरिनटारमा रहेको सशस्त्र प्रहरीको उद्धार टोली र जनपथ प्रहरीले सोमबार पनि खोजी कार्य जारी राखेको छ । खोजी कार्यमा परिवार र आफन्त समेत जुटेको भए पनि नदीमा बाढी आएका कारण खोजी कार्य कठिन भएको उनले बताए । 

Events
Random Picks