स्यालको टोकाइबाट ६जना गम्भीर घाइते
10-August-2016


२६ साउन  |   गएराति घर नजिकै रहेको उखु खेतबाट आएको स्यालले टोक्दा ६ जना  घाइते भयका छन्। लक्ष्मिनियाँ–३ का ५० वर्षीय इसाक चुरैट, ५ वर्षीय लिखित खातुन, १० वर्षीय सोयव शेष, १० वर्षीया लाडली खातुन, ३ वर्षीय राम विनय महतो र १५ वर्षीय सुदीपकुमार महतो रहेका छन् ।

घरमा बसिरहेको समयमा उखुबारीबाट बाहिर निस्केको सो स्यालले उनीहरुलाई टोकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । स्यालको टोकाइले गम्भीर घाइते भएका उनीहरुलाई तत्काल गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा ल्याउँदा त्यहाँ औषधिको अभाव देखाउँदै अस्पतालले भर्ना लिएका थिएन । अस्पतालमा कुकुर तथा स्यालले टोकेपछि दिइने सुई कोटामा उपलब्ध हुँदै नआएकाले उनीहरुलाई उपचार गराउन समस्या भएको अस्पतालका इन्चार्ज अशोक यादवले स्वीकार गरे ।

हाल उनीहरुको गौशालास्थित विभिन्न निजी क्लिनिकमा उपचार भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए । उक्त स्यालको खोजी जारी रहेको प्रहरी निरीक्षक पोखरेलले बताए।

Write a Comment

Events