ट्रिपरको ठक्कर बाट स्कुटर चालकको मृत्यु
12-August-2016

 

साउन २८- लेखनाथको बुढिबजारमा शुक्रबार बिहान ट्रिपरलको  ठक्कर बाट एक युवक ज्यान गएको छ। तालचोकबाट आउँदै गरेको ग १० प ८८५८ नम्बरको स्कुटरलाई ग १ क २४०२ नम्बरको ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै ज्यान गएको हो।
स्कुटर चालक लेखनाथ १३ राजाको चौताराका  ३५ वर्षीय विजय गुरूङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। चालक र ट्रिपरलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ

Write a Comment

Events
Random Picks