झोलङ्गे पुल तर्ने क्रममा पुलको अन्तिम किनाराबाट खसेर युवकको मृत्यु
19-August-2016

भदौ ३– झोलङ्गेपुलबाट खसेर एक युवकको मृत्यु भएको छ । सिरहाको जानकीनगर–७ मा रहेको झोलङ्गे पुल तर्ने क्रममा पुलको अन्तिम किनाराबाट झरेर घाइते भएका तेनुवापट्टी–९ का ३५ वर्षिय संगित कुमार सिंहको मृत्युभएको हो ।
पुलबाट तलझरेर घाइते भएका सिंहको स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गराई थप उपचारको लागि लहानतर्फ ल्याउँदै गर्दा गएराती ज्यान गएको इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी राजकुमार केसीले जानकारी दिए ।
सिंहको शव पोष्ट पार्टमकोलागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

Write a Comment

Events
Random Picks