अवैध गाँजासहित पाँच महिला पक्राउ
21-August-2016

लुकाइछिपाई बिक्री वितरणका लागि धरानतिर ल्याउने क्रममा अवैध गाँजासहित शनिबार पाँच महिला पक्राउ परेका छन् । धरान २६ मानेभञ्याङ चोकबाट धरानतिर आउँदै गरेका झोला बोकेका महिलालाई शङ्कास्पद अवस्थामा देखेपछि जाँच गर्दा उनीहरुले बोकेको झोलामा अवैध गाँजा फेला परेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार ती पाँच महिलासँगै अरु दुई जना पुरुषलाई पनि लागुऔषधसहित हिजै पक्राउ गरिएको छ । पाँचैजना महिलाले झोलामा गाँजाको प्याकेट बनाएर बोकेको अवस्थामा फेला परेको गाँजा ३९ किलो रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिँदै पक्राउ परेकाहरुमा भोजपुर हसनपुरकी २५ वर्षीया दिलकुमारी राई ,धनकुटा छिन्ताङकी १७ वर्षीया सुनिता राई ,४५ की आशा राई , ५२ वर्षीया श्यामकुमारी राई र ३५ वर्षीया राजकुमारी राई पक्राउ परेका हुन् । यसैगरी अस्थायी प्रहरी चौकी तीनकुने धरानले धरान–१३ का १६ वर्षीय रुम्वा तामाङ र धरान–१६ का २० वर्षीय राज तामाङलाई लागुऔषध एभिल ३६ एम्पुल लुपिजेसिक ३६ एम्पुल र ३६ एम्पुल डाइजोल्यापसहित पक्राउ गरेको पनि इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

Write a Comment

Events
Random Picks