त्रिशुली बस दुर्घटना अपडेट : घाइतेको नाम खुल्यो (नामावली सहित)
26-August-2016

काठमाडौं, भदौ १० – नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।  २० जनाको घटनास्थमै र एक जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । दुघएटनामा ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन । घाइते भएका १६ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । घाइते दुई वर्षिया एक बालिकाको मुग्लिनमा तथा ९ जनाको भरतपुरमा रहेको नयाँ मेडिकल कलेजमा र २ जनाको भरतपुरमै रहेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते ११ जनाको नाम खुलेको छ ।

घाइतेको नाम   
१. सोयाता गुप्ता, उमेर ५ वर्ष
२‍. मिली शाह, उमेर ९ वर्ष
३.   प्रिन्स शाह, उमेर २ वर्ष
४. अविनाश चौधरी,  २५ वर्ष, सर्लाही वसन्तपुर १ 
५.  सुसन श्री बास्तव, २८ वर्ष, रौतहट गौर नगरपालिका १०
६ .    सुराधी गुप्ता, वर्ष २८, भारत, सीतामडी
७.    राजन पाण्डे, वर्ष ३०, धादिङ, बसका सहचालक
८.     दीपिका थापा, पोखरा 
९.    राजेश गुप्ता, वर्ष २८, भारतको पितामडी
१०.     सञ्जय शाह, वर्ष ४०, रौतहट चकुर ५ 
११.   श्याम न्यौपान, वर्ष २५, रौतहट चकुर ३ 
१२.  एक बालिका, वर्ष २ नाम (खुल्न बाँकी) 

गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चितवनको चन्डीभन्ज्याङ गाविस कालीखोलाबाट झण्डै सय मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।  घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिनुभयो । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंका अनुसार बिहान पौने ५ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको अवस्थामा बस देखिएको थियो । त्यसपछि प्रहरी उद्दारमा खटिएका थिए ।

Write a Comment